काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनक बर्तौलालाई रड प्रहार गर्ने तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई पक्राउ गरेको हो।
काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीका अनुसार कैलाश प्रधान, सेरु थारु र आशिष मगर पक्राउ परेका हुन्। बर्तौलामाथि उनकै घर नजिकै टाउकोमा रड प्रहार भएको थियो।
उनी मोबाइल फोनमा कुरा गरिरहेको बेला पछाडिबाट टाउकोमा रडले हानेका थिए। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
उनी माओवादीनिकट अखिल नेपाल खेलकुद महासङ्घका सह अध्यक्ष र महासङ्घको बागमती प्रदेश इन्चार्ज हुन्।












