चितवन । आज नरक चतुर्दशी पनि मनाइँदै छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघि नदी, तलाउ वा धारामा गई स्नान गरी नरक चतुर्दशी पर्व मनाइँदैछ ।
स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य गरिन्छ । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । आज यसो गरिएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् बताउँछन् ।












