काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोग तिहार तथा छठ बिदामा पनि खुला रहने भएको छ। आयोगले आज प्रेस वक्तव्य जारी गर्दै केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु खुला रहने जनाएको हो।
मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राख्दै तिहार तथा छठको बिदामा विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुला राख्ने व्यवस्था मिलाइएको आयोगका सहसचिव एवं प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए।
यो अवधिमा आयोगले मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ।












