काठमाडाैं । आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोट अन्तरगत पहिलो खेलमा नेपाल सिंगापुरविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए पछि नेपाल फिल्डिङ गर्नलाई निम्तो पाएको हो ।
उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलबाट टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बसेका छन् । टोलीमा अन्य परिवर्तन गरेको छैन ।












