काठमाडौं । कोजाग्रत पूर्णिमाको (आज) राती लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालबाट देख्न सकिनेछ । खण्डग्रास ग्रहणको सुरुवात आज राति १ बजेर २० मिनेटबाट हुनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा पुग्नेछ । त्यसपछि घट्दै गएर राति २ बजेर ३८ मिनेटमा सकिनेछ ।
बीपी कोइरालाल मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले खण्डग्रास चन्द्रग्रहणको कुल अवधि १ घण्टा १८ मिनेटको हुने जानकारी दिएका छन्। नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले आजको पृथ्वीको सघन छायाँले अधिकतम समयमा चन्द्रमाको ६ प्रतिशत मात्रै ढाक्ने बताए।
राति २ बजे आसपास चन्द्रमा हेर्दामात्रै ग्रहण भएको जस्तो लाग्ने भट्टराइको भनाई छ ।











