चितवन । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र परेको करिब दुई वर्ष भयो । कोरोना महामारीपछि निर्माण कार्य रोकिएको रंगशाला खण्डहर बनेको छ ।
करिब ६३ करोड रुपैयाँ बराबरको काम भइसकेको रंगशालामा अहिले पनि रंगशालाकाे मर्मतपछि खेल खेलाउन सकिन्छ । सरकारले रंगशाला निर्माणका लागि गत आर्थिक वर्षको अन्तिमतिर १२ करोड रुपैयाँ छुट्याएको थियो । तर, प्रक्रिया पुरा हुन नसक्दा बजेट यसै फ्रिज भयो । सरकारी तवरबाट रंगशालाको काम अगाडि बढाउन धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल पनि लागिपरेका छन् ।

















