चितवन । भरतपुरको चौविसकोठीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सेवाग्राहीले ठूलो संघर्ष गरेर नयाँ नोट साट्न पाएका छन् ।
विहानै देखि लाइनमा बसेका सेवाग्राहीले पनि नयाँ नोट साट्न नपाएपछि बिहीबार सेवाग्राही आक्रोशित भएका थिए ।
बैंकले असोज ३० गतेदेखि नयाँ नोट साट्न सुरु गरेको हो । बैंकको लापरबाहीका कारण टोकन लिएका सेवाग्राहीले पनि नोट साट्न पाएका छैनन् । बल्लतल्ल नयाँ नोट पाएका सेवाग्राही हर्षित देखिन्छन् ।
एक जनाले १८ हजार ५०० रुपैयाँ साट्न पाउँछन् । सेवाग्राहीको चापलाई मध्येनजर गरेर धेरै बैंकबाट नयाँ नोट सटही दिने व्यवस्था मिलाउनुपर्ने उनीहरुको सुझाव छ ।