चितवन । गैंडाको आक्रमणबाट रत्ननगर नगरपालिका–६ सौराहाका ५५ वर्षीय बिसुन महतो गम्भीर घाइते भएका छन् ।
आज साँझ करिब ७ बजेको समयमा घरबाट १०० मिटरको दुरीमा महतोलाई गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
गम्भीर घाइते भएका महतोको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । महतोको अनुहार र दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।











