काठमाडौँ । नेपालको राष्ट्रिय गान ‘सयौँ थुंगा फूलका हामी..’को रचनाकार प्रदीप राई (व्याकुल माइला)लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ ।
सरकारले व्याकुल माइलालाई यसअघि मासिक २५ हजार रुपैयाँ भत्ता दिँदै आएको थियो । उनको भत्ता अब मासिक ५० हजार रुपैयाँ पुर्याउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र कुमार कार्कीले जानकारी दिए ।











