चितवन । चितवन राष्ट्रिय निकुञ्जको खोरियामुहान पोष्ट नजिक भेल्लर घारीमा एक सिंगे पोथी गैंडा मृत फेला परेको छ ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार अन्दाजी २५ वर्षको उक्त पोथी गैंडाको मृत्यु (प्राकृतिक) आपसमा जुधेर भएको हो ।
निकुञ्जका कर्मचारी र खड्गदल गणको संयुक्त गस्ती टोलीले गत असोज २१ गते साँझ ५ बजे मृत गैंडा फेला पारेको तिवारीले जानकारी दिए ।
निकुञ्जका अनुसार यससंगै चितवन राष्ट्रिय निकुन्ज र मध्यवर्ती क्षेत्रमा चालु आ.व. २०८०/०८१मा विभिन्न कारण बाट ५ वटा एक सिंगे गैडाको मृत्यु भइसकेको छ ।












