काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजका लागि तय गरिएका सबै कार्यक्रमहरू रद्द गरेको छ । शनिबारको आतंककारी आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु भएको शोकमा रास्वपाले पूर्वनिर्धारित पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरेको हो ।
रास्वपाका सभापति रवि लामिछानले आइतबार राती नै फेसबुकमार्फत कार्यक्रमहरु रद्ध गरेको बताएका थिए । उनले लेखेका छन्, ‘शोकको यो दुःखद घडीमा भोलिका लागि तय भएका पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरिएको जानकारी गराउँदछु।’
उनले घाइतेहरूको उपचार, बेपत्ताहरूको खोजी, सुरक्षित स्थानान्तरण एवं स्वदेश फिर्ता प्रक्रियामा ढिलाइ नगर्न पनि आग्रह गरको छन्












