बुटवल । बुटवलका कलाकार राजु महोत्राले आत्महत्या गरेका छन् । उनी शुक्रबार बिहान बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
महोत्राले दर्जनौं म्युजिक भिडियो निर्माण गरेका छन् । उनले म्युजिक भिडियो निर्देशन गर्नुको साथै अभिनय पनि गरेका छन् ।
महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।












