चितवन । भरतपुर महानगरपालिका–१७ गुञ्जनगरका ४ वर्षीय बालकको अपहरण गरी लैजादै गरेको अवस्थामा चितवन प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । असोज ४ गते दिउँसो करिब साढे १२ बजेको समयमा बालकलाई ललाई फकाई गरी लैजादै गरेको अवस्थामा भारतको रहसी गाउँ बस्ने करिब ३८ वर्षीय अनिता पाललाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी महिलामाथि चितवन जिल्ला अदालतबाट चार दिनको म्याद लिएर अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।











