चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको काममा ढिलासुस्ती भएको भन्दै गैंडाकोटमा चक्काजाम गरिएको छ ।
सडक विस्तारमा भएको ढिलासुस्तीका कारण यात्रु र स्थानीयले दुःख पाएको भन्दै स्थानीय युवाहरु आन्दोलित भएका हुन् ।
इलाका प्रहरी कार्यालय गैंडाकोट अगाडि युवाहरुले बाटोमा कुर्चीहरु राखेर सडक अवरुद्ध गरेका हुन् । छिटो काम गर्न दबाब दिनका लागि सडक अवरुद्ध गरिएको स्थानीयहरुले बताएका छन् ।
उनीहरुले बिहान ९ बजेदेखि चक्काजाम गरेका हुन् ।











