काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा भारतसँग नेपाल १० विकेटले पराजित भएको छ।
भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति २०.१ ओभरमा भेट्टायो ।
यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो । सोमबार भारतको जितमा रोहित शर्माले ७४ र शुभमन गिलले ६७ रन जोडे ।












