काठमाडौं। सरकारले आजबाट २४ सै घण्टा हेलो सरकार सञ्चालनमा ल्याएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेल्लो सरकारको शुभारम्भ गरेका हुन्। हालसम्म दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको हेलो सरकारमा आजदेखि तीन सिफ्टमा सञ्चालन हुने भएको हो।
हेलो सरकारको टोल फ्री नम्बर ११११ मा गुनासो राख्न सकिनेछ। २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला हेलो सरकार सेवा सुरु भएको थियो। बीचको विभिन्न समयमा यो सेवा कहिले खुल्ने त कहिले बन्द हुने गर्दै आएको थियो।












