चितवन । पिकनिक खान गएका भरतपुरका दुई जना युवा त्रिशुली नदीमा बेपत्ता भएका छन् ।
भरतपुर महानगरपालिका–२९ गाईघाट स्थित त्रिशुली नदी किनारमा पिकनिक खान गएका भरतपुर–१० सप्तगण्डकी चोक बस्ने वर्ष ३० को अर्जुन प्रधान र सोहि ठाउँ बस्ने ३० वर्षीय प्रविण श्रेष्ठ बेपत्ता भएका हुन् ।
आज बेलुकी ४ः३० बजेको समयमा त्रिशुली नदीमा मुख धुने क्रममा नदीले बगाएर प्रधान र श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
विपद् व्यवस्थापन टोलीसहित प्रहरीले उनीहरुको खोजी गरिरहेको उनले बताए ।











