भरतपुर । मुग्लिन-नारायणगढ सडकखण्ड दुई तर्फि सञ्चालनमा ल्याउन करिब २ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार वर्षाको कारण अवरुद्ध मु-ना सडकखण्ड अन्तर्रगत नाम्सि पुल नजिकै एकतर्फि सडक मात्र सञ्चालनमा रहेको थियो । उक्त सडक दुईतर्फि खुलाउन करिब दुई घण्टा आवागमन रोक्नु परेको क्षेत्रीले जानकारी दिए ।











