काठमाडौं। क्रिकेटर ज्ञानेन्द्र मल्लले खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै मल्लले अब आफ्नो नयाँ यात्रा प्रारम्भ भएको बताए। १८ वर्ष राष्ट्रिय टोलीमा योगदान गरेका मल्लले अहिले सन्यास लिनु उपयुक्त समय भएको बताए।
‘राष्ट्रिय टोलीबाट खेलेपछि शत प्रतिशत योगदान दिन सक्नुपर्छ। फिट छु, खेल्न सक्छु र शत प्रतिशत दिन सक्छु भन्ने लागेको भए बसिरहनुको औचित्य हुन्थ्यो। तर अहिले टिम राम्रो छ, ब्यालेन्समा छ सो समय यही हो जस्तो लाग्छ’‚ उनले भने।
घरेलु क्रिकेटबाट सन्यास लिए पनि मल्लले आफ्नो क्रिकेट एकेडेमीलाई समय दिने बताए।
उनले आउँदा दिनमा क्रिकेटले अझै राम्रो गर्न सक्ने भन्दै अहिलेको राष्ट्रिय टिमले राम्रो गर्न सक्छ भन्ने लागेपछि सन्यास रोजेको बताए।












