काठमाण्डौ । सरकारले विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। बिहीबार बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए।
अहिले हरिकृष्ण कार्की प्रधानन्यायाधीश छन्। उनको शुक्रबार समयावधि सकिँदैछ। त्यसअघि नै परिषदको बैठकले श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरेको हो। श्रेष्ठ ३१औं प्रधानन्यायाधीश हुनेछन्।












