चितवन। विगत लामो समयदेखि उद्यमशीलताको क्षेत्रमा सक्रिय भि ग्रुपले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (ISO 9001:2015) को प्रमाणपत्र प्राप्त गरेको छ ।
दुई महिना अघि गुणस्तरको लागि आबेदन दिएको र विभिन्न चरणमा परिक्षण सम्पन्न भएपश्चात आज प्रमाणपत्र प्राप्त गरेको भि ग्रुपका प्रमुख बिपिन कंडेलले बताए ।
भि ग्रुप अन्तर्गत विभिन्न कम्पनीहरु संचालित छन् । ती कम्पनीहरुले प्रदान गर्ने सेवाहरुको लागि गुणस्तर चिन्हको प्रमाणपत्र प्राप्त गरेको कंडेलले जानकारी दिए ।
भि ग्रुपले व्यावसायिक परामर्श, मिडिया सञ्चालन, सूचना केन्द्र सञ्चालन, घरजग्गा कारोबार, कन्स्ट्रक्सन, होटल तथा स्वास्थ्य सेवा लगायतका क्षेत्रमा गुणस्तर चिन्हको प्रमाणपत्र प्राप्त गरेको हो ।













