चितवन। नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृतक महिला हेटौँडा उपमहानगरपालिका–२ मकवानपुर बस्ने सरोज कुमार पराजुलीको श्रीमती ५२ वर्षिय उमा कुमारी रेग्मी पराजुली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले पुष्टि गरेको छ ।
बिहीबार बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। बिहान ७ बजेर ४० बजे नदीमा हाम फालेकी उनको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान ८ बजेर ३६ मा मृत्यु भएको हो। नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी ल्याइएको थियो।












