काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गाईंभैसीमा फैलिएको महामारी रोग लम्पी स्किन रोगबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।
मंगलबार रास्वपाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो।
रास्वपाले लम्पी स्किन रोगबाट कति पशु चौपाया प्रभावित भएका छन् भन्ने यकिन गरि खोपको व्यवस्था गर्न माग गरेको छ। रास्वपा सभापति रवि लामिछानेले दर्ता गराएको प्रस्तावमा विभिन्न ७ वटा माग गरिएको छ।












