काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घट्ने भएको छ ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसुचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटरमा आठ, डिजेल प्रतिलिटरमा सात, मट्टीतेल प्रतिलिटरमा सात रुपैयाँ ५० पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटरमा आठ रुपैयाँ ५० पैसाका दरले बढ्नेछ ।
नेपालमा नयाँ मूल्यसूची आजै राति १२ बजेदेखि लागु हुने उनको भनाइ छ ।












