काठमाडौँ। प्रतिनिधि सभाको बैठक सहज ढंगले अघि बढाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्।
नयाँ बानेश्वरमा कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई आकस्मिक समयमा बोल्न दिने र छानविन समिति गठनका लागि प्रस्ताव राख्न दिने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
तर बैठक सकिनेवित्तिकै सत्तापक्षीय प्रमुख सचेतकले सहमति नजुटी बैठक राख्न नहुने भन्दै सूचना टाँस गरेर स्थगित गर्न माग गरेपछि प्रमुख सचेतक र सभामुखबीच छलफल भइरहेको गिरीले जानकारी दिए ।
दिउँसो १ बजेका लागि समय तोकिएको भएपनि बैठक सञ्चालनबारे दलहरुबीच कुरा नमिल्दा प्रतिनिधि सभाको आजको बैठक बस्न ढिलाइ भइरहेको छ ।












