काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयको निरीक्षण गरेका छन् । विमानस्थल भन्सारबाट ठूलो परिणाममा अवैध सुन भित्रिने गरेको तथ्य खुलेपछि अर्थमन्त्री डा।महत कार्यलयको निरीक्षणमा पुगेका हुन् ।
गत असार ३० गते हङकङबाट क्याथे प्यासिफिक एयरलायन्सको कार्गो विमानबाट ‘ब्रेक शु’मा राखेर अवैध सुन ल्याउने गरेको खुलेको थियो । विमानस्थल भन्सार कार्यलयबाट जाँचपास भएको उक्त अवैध सुन राजश्व अनुसन्धानको टोलीले समातेको थियो ।
यसपछि, भन्सार कार्यालयमा कार्यरत तीनजना कर्मचारीलाई निलम्बन गरिएको थियो भने राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यसबीचमा सरकारले विमानस्थल भन्सार प्रमुख समेत फेरिसकेको छ । विमानस्थल भन्सार कार्यलयमा टोकराज पाण्डेलाई पठाएको छ । यहि क्रममा अर्थमन्त्री डा।महत कार्यलयको निरीक्षणमा पुगेका हुन् ।












