चितवन । नारायणगढको लायन्स चोकस्थित ब्लु ब्रिज एब्रोड एजुकेशन प्रालिले व्यवसाय प्रवर्द्दनको लागि चर्चित कमेडियन सुमन कोइरालालाई ब्राण्ड एम्बेस्डरका रुपमा नियुक्त गरेको छ । ‘दले दाई’का रुपमा चर्चित कोइरालालाई ब्राण्ड एम्बेस्डरका रुपमा नियुक्त गरिएको बारे ब्लु ब्रिजले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ब्लु ब्रिज कोभिडको समयमा बन्द भएको थियो । दुई महिना अघि नयाँ व्यवस्थापनसहित तीन जना युवा मिलेर उक्त कन्सलेन्टेसी सञ्चालनमा ल्याएका हुन्।
ब्लु ब्रिजले अष्ट्रेलिया र क्यानडा जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै आइईएलटिएस र पिटीईका कक्षाहरु सञ्चालन गरी भिसा एप्लाई समेत गर्दै आइरहेको छ । कन्सलटेन्सीका सञ्चालक कपिल भण्डारीले साउनभर विद्यार्थीलाई निःशुल्क भाषा कक्षा सञ्चालन गर्ने बताए । भदौदेखि ५० प्रतिशत छुटमा कक्षा सञ्चालन गरिने उनले जानकारी दिए ।
ब्राण्ड एम्बेष्टर बनेका कोइरालाले नेपालको शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको औंल्याए । व्यवहारिक शिक्षा नहुँदा विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेश जानुपरेको भन्दै उनले आफु सरहका युवाहरुले थालेको व्यवसायको ब्राण्ड एम्बेस्डर बन्न पाउँदा खुसी लागेको बताए ।












