काठमाडौं। नेपाली काँग्रेसका नेता डा.शशांक कोइरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताएका छन्।
आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा नेता कोइरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित नहुने धारणा राखे। उनले कांग्रेसको नीति ठिक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउनु नहुने बताए।
उनले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताए। उनले केन्द्रका नेताहरुले टिकट वितरण नगरेर स्थानीय समितिलाई जिम्मेवारी दिनुपर्ने पनि बताए।
उनले भने‚ ‘हामीले कस्तो किसिमको क्रियाशील दिँदैछौँ? केन्द्रबाट दिँदैछौँ, हामीले वडा, टोलबाट दिइरहेका छौँ किरु क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित हुँदैन। जबसम्म भित्रबाट लाग्दैन कि काँग्रेसको निति ठिक हो भनेर‚ बढाउनतर्फ नलागौँ। राम्रो मान्छे चुनेर मात्रै गरौँ। नेपाली काँग्रेसको केन्द्रीय समितिले पनि अब विकेन्द्रीकरण गर्नुपर्यो। सबैभन्दा महत्वपूर्ण जिल्ला सभापतिहरु भन्दा पनि वडा अध्यक्षहरु हुन्। हामी केन्द्रमा बसेर भन्छौँ फलानोलाई टिकट दिनुपर्यो भनेर। वस्तुस्थिति हामीलाई थाहा हुँदैन। त्यहाँको को व्यक्ति उपयुक्त होरु कसले समाजमा प्रतिष्ठा बोकेको छरु कसले एउटा दिशा दिनसक्छर? केन्द्रमा बसेर निर्णय गर्ने यो ठिक भएन।’
नेता कोइरालाले पार्टीले आगामी २० वर्षका लागि आफ्नो बाटो तय गर्नुपर्ने बताए। पार्टीले आफ्नो लक्ष्य स्पष्ट पार्नुपर्ने भन्दै उनले सत्तामा जानेमात्र होइन रुपान्तरण गर्नुपर्नेमा जोड दिए। उनले पार्टीभित्रको गुट, उपगुटको पनि अन्त्य गर्नुपर्ने बताए।












