काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले हवाई भाडा घटाएको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो। न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ७५० रूपैयाँसम्म हवाई भाडा घटेको क्यानले जनाएको छ।
विराटनगर नेपालगञ्जजको भाडा ७५० रूपैयाँले घटेको छ। योसँगै यसतर्फको रुटमा ७ हजार ३ सय ५ रुपैयाँ भाडादर कायम भएको छ ।
काठमाडौ–धनगढी ६१५ रूपैयाँले घटेको छ । पोखरा–भद्रपुरको भाडा ५७० रूपैयाँले घटेको छ । विराटनगर–भैरहवा ५५० रूपैयाँ घटेको छ। यस्तै सबैभन्दा कम छोटो दुरीमा रहेको काठमाडौँ–सिमराको भाडा १२५ रूपैयाँले घटेको छ । देशका अन्य विभिन्न स्थानको हवाई भाडा पनि घटाइएको छ।
घटेको भाडा दर भोलिदेखि लागू हुने क्यानले जनाएको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडान तर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रूपैयाँले र अन्तर्राष्ट्रिय तर्फको इन्धन मूल्य प्रति लिटर १५ रूपैयाँले घटाएको थियो ।












