भारत। दिल्लीस्थित् द्वारकामा कक्षा ९ अध्ययनरत एक छात्राले विद्यालय भवनबाट हाम फालेर आत्महत्या गरेकी छिन्।
आफूलाई पढ्न मन नभएको कारण आत्महत्या गरेको उनको सुसाइड नोटमा लेखिएको प्रहरीले जनाएको छ।
सोमबार बेलुका ५ बजे १४ वर्षीया छात्राले द्वारका सेक्टर–१६ स्थित विद्यालयको स्टाफ क्वाटरबाट हाम फालेकी हुन्।
दिल्ली प्रहरीले प्राप्त गरेको एक सुसाइड नोटमा लेखिएको छ, ‘मलाई पढ्न मन नभएको कारण यो कदम चालेकी हुँ।’ प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।












