काठमाडौं। प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी राखेको को प्रस्ताव बहुमतले स्विकृत भएको हो।
त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन्।












