चितवन । हिजो दिउँसोदेखि अबरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।
सडक दुईतर्फी सञ्चालनमा आए लगत्तै फेरिपनि माथिबाट ढुंगा झरेपछि दुई वटा मोटरसाइकल ठूलो दुर्घटना हुनबाट बचेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले बताए ।
दुईवटा मोटरसाइलका चालक मोटरसाइकल छाडेर भागेर उम्कन सफल भएको उनले बताए । पहिरो झरे नझरेको यकिन गरेर मात्रै सवारी साधनलाई गन्तव्यसम्म जानको लागि पठाइएको उनले बताए ।












