काठमाडौं। आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटको निर्णायक खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपाल दबाबमा देखिएको छ ।
जिम्बावेको हरारेमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले ३४ ओभरको खेल सकिँदा सात विकेट गुमाइसकेको छ । सातौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी २१ बल खेल्दै १४ रन बनाएर आउट भए।
अहिले बलरद्वय गुल्सन झा र सन्दीप लामिछाने क्रिजमा छन्। यसअघि कप्तान रोहित पौडेल सर्वाधिक ३३ रन बनाएर आउट भए।
कुशल भुर्तेल २७, भीम सार्की २२, कुशल मल्ल १२, आरिफ शेख ६ रनमा आउट हुँदा आसिफ शेख शून्यमा पेभिलियन फर्किए।
समूह ए को चौथो स्थानमा रहेको नेपाललाई विश्वकपमा छनोटको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्नै दबाब छ ।












