काठमाडौं। आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटको निर्णायक खेलमा नेदरल्याण्ड्सविरुद्ध भिडिरहेको नेपालले लगातार विकेट गुमाएको छ ।
नेपालले कप्तान रोहित पौडेललाई छैटौं विकेटका रुपमा गुमाएको छ । ५५ बल खेलेका उनले ३ चौका र एक छक्काको सहयोगमा ३३ रन बनाए। यसअघि कुशल भुर्तेल २७, भीम सार्की २२, कुशल मल्ल १२, आरिफ शेख ६ रन र आसिफ शेख शून्यमा आउट भएका थिए।
३२ ओभरको खेल सकिँदा नेपालले ६ विकेट गुमाएर जम्मा ११९ रन बनाएर खेलिरहेको छ।
जिम्बाबेको हरारेमा नेदरल्याण्ड्सले टस हारेर फिल्डिङ रोजेपछि नेपाल पहिला ब्याटिङमा आएको हो। समूह ए को चौथो स्थानमा रहेको नेपाललाई विश्वकपमा छनोटको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्नै दबाब छ ।












