भरतपुर । भरतपुर महानगरपालिका–१५ जानकी चोकमा सोमबार दिउँसो साढे ३ बजे ना ३ च ११९ नम्बरको बलेरोले बा ८५ प ३६२७ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
भरतपुर–१५ बस्ने ५० वर्षिय मोटरसाइकल चालक बिरेन्द्र राउतको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मोटरसाइकलको पछाडी सवार सोही स्थानमा बस्ने बर्ष ४१ को राज कुमार नेपाली भने सामान्य घाईते भई नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको प्रहरी कार्यालयले जनाएको छ ।
बलेरो घटना स्थलमा पल्टिएको अबस्थामा रहेको छ । बलेरो चालक भरतपुर–२९ बस्ने बर्ष २५ को बिमल गुरुङ प्रहरी नियन्त्रणमा छन्।












