काठमाडौँ । कलाकार दुर्गेश थापा सहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
वनभोजका क्रममा वादविवाद हुँदा आफुमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले सोमबार महाराजगञ्ज वृत्तमा उनीहरु विरुद्ध उजुरी दिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उजुरी परेपछि दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको छ ।












