चितवन । वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतले १० लाख डलरको पुरस्कार ग्रहण गरेका छन् । बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित अवार्डबाट डा रुइत पुरस्कृत भएका हुन् ।
पुरस्कार ग्रहण गरेपछि डा रुइतले आफुले पुरस्कार प्राप्त गर्नु नेपालीको लागि नै गर्वको क्षण भएको बताए । यसले नेपाल र नेपालीको इज्जत र सम्मान बढाएको उनले बताए ।
‘मैले भर्खरै बहराइनको राजाको हातबाट यो ठूलो पुरस्कार ग्रहण गरेको छु । यो पुरस्कार मेरो लागि मात्र नभएर समग्र देशवासी तथा नेपालीहरुको लागि गर्वको क्षण हो । यो पुरस्कारले नेपाल तथा नेपालीको विश्वस्तरमा अझ इज्जत तथा सम्मान बढाएको महशुस गरेको छु’, उनले भनेका छन् ।











