भरतपुर । बुद्ध एयरको भरतपुर–काठमाडौँ रुटका दुई वटा उडान रद्द भएका छन् ।
मौसमका कारण आज दुई वटा उडान रद्द भएको बुद्द एयरको भरतपुर विमानस्थल प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए ।
आज बिहान भने तीन वटा सफल उडान भएका थिए । हिउँदे झरीका कारण भरतपुर–काठमाडौँ रुटमा चल्ने बुद्ध एयरको दुई वटा हवाई उडान रद्द भएको हो ।











