प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज रानामगरको गाडी दुर्घटनामा ज्यान गएको छ ।
५० वर्षीय रानामगर आफैले चलाएको लु प्र ०१-००१ झ ०००८ नम्बरको गाडी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घटनास्थलमै ज्यान गएको हो ।
स्वर्गद्वारीबाट धनवाङ तर्फ जादै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुजनबाबु बिश्वकर्माले जानकारी दिए ।
गाडी सडक देखी अन्दाजी पाँच सय मिटर तल खसेको उनले बताए । प्रहरी निरीक्षक बिश्वकर्माको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










