महिला एशिया कप राइजिंग स्टार्स: नेपालले आज भारत ए को सामना गर्दै
काठमाडौँ । महिला क्रिकेट एशिया कप राइजिंग स्टार्स प्रतियोगितामा आज नेपालले भारत ए टिमसँग खेल्दैछ । थाइल्याण्डमा हुने यो खेल नेपाली समय अनुसार बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।नेपालले यसअघि पाकिस्तान ए…
जितसँगै श्रीलंका सुपर आठमा, अस्ट्रेलियाको लगातार दोस्रो हार
काठमाडौँ । श्रीलंकाले जारी टी-२० विश्वकपमा अस्ट्रेलियालाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो ।अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य पछाएको श्र…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ ।हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भ…
२०८२ फागुन ५ गते मंगलवार: आजको राशिफल
आजको राशिफल बिस २०८२ फागुन ५ गते मंगलवार ईस २०२६ फेब्रुअरी १७ नेपाल सम्बत ११४६ सिल्लागा आमै , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण औंसी , चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्…
दुर्गा प्रसाईं फेरि पक्राउ
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको…
समुह सी बाट वेस्ट इण्डिज र इङल्याण्ड टी-२० विश्वकपको सुपर आठमा
काठमाडौँ । इङल्याण्डले इटालीलाई २४ रनले पराजित गर्दै जारी टी-२० विश्वकपको सुपर ८ मा स्थान बनाएको छ ।समुह सी अन्तर्गतको सोमबार कोलकाताको इडेन गार्डेनमा सम्पन्न खेलमा पहिले ब्याटिङ गर्दै इङ्ग्ल्याण्डले…
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।१- नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा अघि सारिएका विकास परियोजनाहरू राजनीतिक अस्थिरता र हस्तक्षेपक…
बंगलादेशमा प्रमुख सल्लाहकार युनुसको कार्यकाल समाप्त, कर्मचारीसँग भए बिदा
काठमाडौँ । लामो समयदेखि जारी राजनीतिक खिचातानी र शक्ति संघर्षपछि बंगलादेशमा मंगलबार नयाँ मन्त्रिमण्डलको शपथग्रहण समारोह हुँदैछ । शपथग्रहणअघि सोमबार आफ्नो कार्यकालको अन्तिम दिन अन्तरिम सरकारका प्रमुख स…
अन्तर्राष्ट्रिय सैन्य एड्भेन्चर च्यालेन्जमा सहभागी हुन नेपाली सेनाको टोली भारतमा
काठमाडौँ । अन्तर्राष्ट्रिय सैन्य एड्भेन्चर च्यालेन्ज कप–२०२६ मा सहभागिता जनाउन नेपाली सेनाको १० सदस्यीय प्रतिनिधिमण्डल फेब्रुअरी १२ देखि २८, २०२६ सम्म भारत भ्रमणमा रहेको छ ।उक्त प्रतियोगितामा सात मित्…
नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव राईले भाग लिदै
काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राई नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक सह-अध्यक्षता गर्न पोर्चुगल प्रस्थान गर्दैछन् । उक्त बैठक फेब्रुअरी २०, २०२६ मा लिस्बनमा आयोजना हुने कार…
भारतीय प्रधानमन्त्री मोदी इजरायल भ्रमण जादै
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता इजरायल भ्रमणमा जाने भएका छन् । भ्रमण फेब्रुअरी २४ र २५ मा हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुल…
राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण विकास परियोजना अवरुद्ध भए- ओली
झापा । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा अघि सारिएका विकास परियोजनाहरू राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण अवरुद्ध भएको बताएका छन् ।सोमबार झापा-५ स्थित मतदाताहर…
रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं- प्रचण्ड
रुकुम । नेपाली कम्युनिष्ट पार्टीका तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्रोहको झण्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको विगुल फुक्ने बताएका छन् ।रुकुमपूर्वको पुथा उत्तरगंगा…
मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा
पोखरा । मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबले सिक्किमको ठण्डरबोट युनाइटेडलाई १-० गोल अन्तरले…
इङल्याण्डले इटालीलाई दियो २०३ रनको लक्ष्य
काठमाडौँ । इङल्याण्डले इटालीलाई २०३ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकप अन्तर्गत समुह सी को जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै २०२ रन बनाएको हो ।इङल्याण…
भारतको राजस्थानस्थित पटाका कारखानामा आगलागी, सात मजदुरको मृत्यु
काठमाडौँ । भारतको राजस्थानको औद्योगिक क्षेत्रमा रहेको केमिकल तथा पटाका उत्पादन गर्ने कारखानामा आगलागी हुँदा सात मजदुरको मृत्यु भएको छ ।आगलागीमा परेर गम्भीर घाइते भएका दुई मजदुरलाई उपचारका लागि नयाँ दि…
२०८२ फागुन ५ गते मंगलवार: आजको राशिफल
2026-2-17 5:30 am / 2082-11-05 5:30 am
एभरेष्ट न्यूज एजेन्सी,
आजको राशिफल बिस २०८२ फागुन ५ गते मंगलवार ईस २०२६ फेब्रुअरी १७ नेपाल सम्बत ११४६ सिल्लागा आमै , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण औंसी , चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, परिधि योग, नाग करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ४१ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५६ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ, आज हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई बेवास्ता गर्नु हुँदैन, किनभने परिवार भनेको आधारभूत पक्ष हो, सुखसुविधा भनेको केवल साधनमात्र हो । कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ । पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तनाव र दबाबले मुक्त भएर आफ्नो काममा मस्त रहने समय हो । घरबाट शुभ समाचार आउने छ, भाइबहिनी वा सन्तानको चाहना पूरा गर्ने दिन हो । पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ । बाल्यावस्थाका मित्रहरू, आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा रामरमाइलोमा सरिक हुने दिन हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । पेसागत र व्यवसायिक परिस्थिति राम्रै देखिन्छ, तर आज घरपरिवारलाई पनि केही समय छुट्याउनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथी संगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । सामाजिक गतिविधिमा खट्ने दिन हो, धार्मिक वा सांस्कृतिक काममा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ । काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ, औजार, हातहतियार, किराना सामाग्री, मनिहारी वा सरकारसम्बद्ध ठेक्कापट्टाका व्यवसायीले लाभ पाउनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो । आर्थिक पक्ष सुदृढ रहनुका साथै विभिन्न स्रोतबाट आम्दानीमा बृद्धि राम्रो समय छ । कार्यक्षेत्रमा पनि बोली र कामको कदर हुने वेला हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । चिताएका काम सम्पादन हुनेछन्, हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गोप्य शत्रुहरूबाट सजग रहनु होला, त्यस्ता व्यक्ति तपाईंका अन्तरङ्ग साथीका रूपमा पनि हुनसक्छन् । नयाँ रोजगारीका लागि प्रयासरत हुनुहुन्छ भने गरेको प्रयासमा सफलता मिल्नेछ । कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन, सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ । तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन हो, दिमागलाई सही फ्रेममा राख्नुहोस्, सबै विवाद र समस्याहरूलाई सकारात्मक ढंगले समाधान गर्न सकिने छ । व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले सकारात्मक वातावरण बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हाँके र ताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । अर्काको सहयोग गर्न पाउँदा वा परोपकारी काममा सन्तुष्टि बढ्ने समय हो, मनमस्तिष्क नै धर्म, अध्यात्म र जीवनसम्बद्ध उच्च दर्शनतर्फ आकृष्ट हुनेछ । सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ, अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ, तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ, यस अवसरमा मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु होला । पुरानो लेनदेन वा ऋणसापटीको बोझ हट्नेछ । बाचाबन्धन वा कसम पूरा गर्नाले मनमा हलुकापन र आरामको अनुभूति हुनेछ ।












