वेस्ट इण्डिजले इङल्याण्डलाई हरायो, समुह सी बन्यो रोचक
काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत वेस्ट इण्डिजले इङल्याण्डलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा वेस्ट इण्डिजले इङल्याण्डलाई ३० रनले पराजित गरेको हो ।वेस्ट इण्डिजले दिएको १९७ रनको…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ भने बाँ…
२०८२ माघ २९ गते बिहिवार: आजको राशिफल
आजको राशिफल बिस २०८२ माघ २९ गते बिहिवार ईस २०२६ फेब्रुअरी १२ नेपाल सम्बत ११४६ सिल्लागा दशमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण दशमी , चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा न…
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन ६ गते कैलालीको धनगढीस्थित महोत्सव मैदानमा आमसभा आयोजना गर्ने जानकारी दिएको छ । सो…
जनार्दनको पक्षमा लागेका कर्णालीका पूर्व मुख्यमन्त्री शर्मा पार्टीबाट निष्कासित
सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेश सांसद पदबाट हटाउने निर्णय गरेको छ । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी…
रास्वपाको फागुन ६ गते धनगढीमा आमसभा, रवि र बालेनले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन ६ गते कैलालीको धनगढीस्थित महोत्सव मैदानमा आमसभा आयोजना गर्ने जानकारी दिएको छ ।सो कार्यक्रमलाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेंद्र…
अस्ट्रेलियाको टी-२० विश्वकपमा विजयी शुरुवात, आयरल्याण्ड ६७ रनले पराजित
काठमाडौँ । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । बुधबार सम्पन्न यस विश्वकपको आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले आयरल्याण्डलाई ६७ रनले पराजित गरेको हो । अस्ट्रेलियाले…
थाइल्यान्डमा शिक्षक र विद्यार्थी बन्धक बनाउने युवक पक्राउ
काठमाडौँ । थाइल्यान्डको दक्षिणी भागस्थित हाट याई जिल्लाको एक विद्यालयमा सशस्त्र युवकले प्रवेश गरी शिक्षक र विद्यार्थीलाई बन्धक बनाएको घटना सार्वजनिक भएको छ ।रिपोर्ट अनुसार घटनामा संलग्न बन्दुकधारीलाई…
राजपाल यादको सहयोगमा अगाडी आए बलिउड सेलिब्रेटी, छिट्टै जेल बाहिर आउने
काठमाडौँ । ९ करोड रुपैयाँको चेक बाउन्स मुद्दामा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई सलमान खान, अजय देवगन, वरुण धवन, डेभिड धवन, सोनु सूदलगायत बलिउडका चर्चित कलाकारहरूले सम्पर्क गरी आर्थिक सहयोग गर…
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
काठमाडौँ । काठमाडौंमा ‘सम्पत्ति शुद्धीकरण विरोधी र आतंकवादको वित्तपोषणविरुद्ध लड्ने समसामयिक मुद्दाहरू’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गत सम्प…
लगातार खराब प्रदर्शनपछि टोटेनहमका प्रशिक्षक थोमस फ्राङ्क बर्खास्त
काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब टोटेनहम हटस्परले मुख्य प्रशिक्षक थोमस फ्राङ्कलाई बर्खास्त गरेको छ । लगातार आठ खेल जितविहीन बनेपछि क्लबले यस्तो निर्णय गरेको हो ।मंगलबार न्यूक्यासलसँग २–१ ले घरेलु मै…
सागरनाथ वन क्षेत्रमा ५८ करोडभन्दा बढी राजस्व चुहावट, विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा अवैध उत्खनन् गरी ५८ करोडभन्दा बढी राजस्व चुहावट गरिएको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ ।अख्तियार दुरुपयोग…
अस्ट्रेलियाले आयरल्याण्डलाई दियो १८३ रनको लक्ष्य
काठमाडौं । अस्ट्रेलियाले आयरल्याण्डलाई १८३ रनको लक्ष्य दिएको छ । श्रीलंकाको कोलम्बोमा जारी टी-२० विश्वकप अन्तर्गत समुह बीको खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाए…
तयारी र खरिद प्रक्रिया शुरु नभएका खुद्रे टुक्रे आयोजना मात्र स्थगन गरेका हौँ- अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका र खरिद प्रक्रियामा शुरु नभएका आयोजना मात्र स्थगन गरिएको बताएका छन् ।बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले त…
राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित
काठमाडौं । राष्ट्रियसभाबाट चलचित्र विधेयक–२०८१ पारित भएको छ ।बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री…
नेपाल उद्योग परिसंघ र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने
काठमाडौँ । नेपाल उद्योग परिसंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, २०८२ मा सहकार्य हुने भएको छ । तथ्याङ्क कार्यालय र परिसंघबीच समझदारी (एमओयू) गरी अध्ययन र तथ्याङ्क विश्लेषणमा सहका…
२०८२ माघ २९ गते बिहिवार: आजको राशिफल
2026-2-12 5:30 am / 2082-10-30 5:30 am
एभरेष्ट न्यूज एजेन्सी,
आजको राशिफल बिस २०८२ माघ २९ गते बिहिवार ईस २०२६ फेब्रुअरी १२ नेपाल सम्बत ११४६ सिल्लागा दशमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण दशमी , चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, हर्षण योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ४५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ५ बजेर ५३ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन हलुका हुने दिन हो, आज लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । दानपुण्यप्रति आकर्षण बढ्ने तथा जनकल्याण र परोपकारको भावना विकसित हुने राम्रो दिन छ । कुनै पुरानो मन्दिर वा स्मारकको भ्रमण हुनसक्छ । धार्मिक र सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यस्त रहनुपर्ने समय छ, तर सहकर्मीको साथ पाउनाले दिन सजिलै बित्नेछ, मिहिनेतको परिणाम पनि राम्रै रहनेछ, बेलुकीपख रोमान्टिक र चञ्चल मनस्थिति बन्नसक्छ । मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । सामाजिक क्षेत्रमा सुसम्बन्ध विकसित हुने तथा गरेका काममा भाग्यले साथ दिने समय छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । अवगाल खेप्ने समय हो, रिसराग, द्वेष र अहङ्कार मनमा लुकेर बसेका शत्रुहरू हुन् भन्ने बुझेर तिनलाई दमन गर्नु ठीक हुन्छ । बढी आत्मविश्वासी नबन्नु र थप मिहिनेत गर्नु समुचित हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । वैचारिक अस्थिरता देखिने छ । वैचारिक र मानसिक सन्तुलन कायम राख्ने कोसिस गर्नुपर्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक सौहार्द्रता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप हुनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । रचनात्मक स्वभावले मानिसहरूलाई प्रभावित गर्न सक्नुहुन्छ । असत्य बोल्ने जोसुकैलाई पनि कहिल्यै पनि विश्वास नगर्नुहोला, साथै आफूलाई विश्वास गर्ने व्यक्तिलाई कहिल्यै नढाँट्नुहोला । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवहारिक र लचिलो हुने प्रयास गर्नु राम्रो हुन्छ । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अरुको विश्वास गर्दा धोका पाइने छ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ, तर परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ, त्यसैले लक्ष्यप्रति सचेत हुनुपर्छ, सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिणामप्रति आशावादी भइने छ । कार्यक्षेत्र वा बन्दव्यापारमा राम्रो छ । महत्त्वपूर्ण व्यक्तिका साथमा सम्पर्क बढ्नेछ । लेखनरप्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ ।












