काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनलाई थप उपचारका लागि आजै भारत लान लागिएको हो ।
उनलाई भारतको दिल्ली लान लागिएको स्रोतले बताएको छ । यद्यपि दिल्लीको कुन अस्पतालमा उपचार गराउने भन्नेबारे खुलाइएको छैन ।
सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि उनलाई गत बिहीबारबाट अस्पताल भर्ना गरिएको थियो ।
उनलाई आजै केहीबेरअघि अस्पतालबाट निकालिएको हो । प्रधानमन्त्री सुशीला कार्कीका निजी चिकित्सक मन बहादुर केसीले ‘सेकेन्ड ओपिनियन’ खोजेपछि अस्पतालबाट डिस्चार्ज गरिएको एक चिकित्सकले जानकारी दिए ।












