काठमाडौं । सर्वोच्च अदालतले एकपटक प्रयोग गरेर निष्क्रिय भइसकेको मोबाइलको सीमकार्ड पुनः अर्को व्यक्तिलाई बेच्न नपाउने आदेश दिएको छ।
कुनै एक जनालाई बिक्री भइसकेको सिम एक्टिभ नभए पनि अरु कसैलाई बेच्न नपाइने आदेश दिएको हो। सञ्चार र सूचना प्रविधि मन्त्रालयसमेतलाई विपक्षी बनाउँदै सपना भण्डारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो।
यसअघि कुनै पनि व्यक्तिको नाममा जारी भएको सिमकार्ड ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गर्ने र खारेज भएको मितिबाट ६ महिनापछि पुनः बिक्री वितरण गर्ने पाउने व्यवस्था थियो। सर्वोच्चको दूरसञ्चार प्राधिकरणबाट जारी भएको निर्देशन कार्यान्वयन नगर्ननगराउन भन्दै अन्तरिम आदेश दिएको हो।











