चितवन । चितवन जिल्ला अदालतले जनेजी आन्दोलनका क्रममा आगजनीमा परि नष्ट भएका र जोगिएका मिसिलको म्याद तथा तारेख बुझ्ने विषयमा सूचना जारी गरेको छ ।
नष्ट भएका मिसिलको हकमा मंसिर २२ गतेभित्र अदालतमा उपस्थित भई आफ्नो तारेख तथा म्याद बुझ्न भनिएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
त्यस्तै, आगजनीबाट जोगिन सफल भएका मुद्धाहरुको मिसिलको हकमा मंसिर १० गतेसम्ममा अदालतमा उपस्थित भई तारेख तथा म्याद बुझ्न सुचित गरिएको उनले बताए ।











