चितवन । भरतपुर महानगरपालिका–४ धर्मचोकमा आज बिहान साढे ४ बजेको समयमा एउटा कार अनियन्त्रित भई डिभाइढरमा ठोक्किदा तीन जना घाइते भएका छन् ।
चौबिसकोटीबाट बिशालचोकतर्फ जाँदै गरेको लु ३ च ५३५७ नम्बरको कार आफै अनियन्त्रित भई बाटोको डिभाईडरमा ठोक्किएको हो ।
घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
घाइतेहरुमा कार चालक नवलपरासी सुनवल नगरपालिका–३ बस्ने ३१ वर्षीय संदिप गुरुङ, कारमा सवार रुपन्देही सैनामैना नगरपालिका–७ बस्ने वर्ष ३० को सुबास थापा र अर्घाखाँची भुमिकास्थान–८ बस्ने बर्ष ३० को सरोज श्रेष्ठ रहेका छन् । तीनै जनाको अवस्थामा सामान्य रहेको छ ।












