चितवन । चितवनको रत्ननगर नगरपालिका–१२ शान्तीगुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किदा तीन जना कामदारको मृत्यु भएको छ ।
आज बिहान करिब १० बजेको समयमा पर्खाल भत्किदा उद्योगमा काम गर्ने तीन जना कामदारको मृत्यु भएको हो ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ बस्ने वर्ष ४५ को शुकराम दराई, गोरखा घर भई हाल रत्ननगर–१२ बस्ने वर्ष ५४ को रेशम दमाई र रत्ननगर–१२ बस्ने वर्ष ४५ को कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
पर्खाल भत्किदा थप दुई जना घाइते भएको खनालले बताए । पर्सा घर भई हाल रत्ननगर–१२ बस्ने वर्ष ३९ को जितेन्द्र महतो र वर्ष ४० को अंकज प्रसाद थारू मध्यम घाइते भएका छन् ।












