चितवन । चितवन निर्माण व्यवसायी संघ चितवनले जिल्लाका चार जना पत्रकारहरुलाई सम्मान गरेको छ ।
संघले ३१ औं वार्षिक साधारण सभाको अवसर पारेर निर्माण व्यवसायीका हक हित र अधिकारका बारेमा कलम चलाउँदै आएका पत्रकारहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा पत्रकार राजु भट्ट, शालिग्राम नेपाल, अस्मिता पराजुली र द्विप्ति विश्वकर्मा रहेका छन्। उनीहरुलाई निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष दिनेशचन्द्र न्यौपाने र प्रमुख अतिथिका रूपमा रहेका निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले नगदसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेका हुन्।
चितवनलाई कार्यक्षेत्र बनाई निर्माण व्यवसायीहरूको गतिविधि तथा आर्थिक पाटोलाई आफ्नो मिडिया मार्फत जनता समक्ष पुर्याउन अहम भूमिका निर्वाह गरेकामा पत्रकारहरुलाई सम्मान गरिएको निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष दिनेशचन्द्र न्यौपाने बताए।












