चितवन । निर्माण व्यवसायी संघ चितवनले भरतपुर महानगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेलाई शनिबार सम्मान गरेको छ । संघले आफ्नो ३१औँ साधारण सभाको अवसरमा काफ्लेलाई सम्मान गरेको हो ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले वडाध्यक्ष काफ्लेलाई कदर तथा सम्मान पत्र प्रदान गरेका हुन् ।
शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक, महिला सशक्तिकरण, बालबालिका, खेलकुद विकास र पूर्वाधार निर्माणको क्षेत्रमा वडाध्यक्ष काफ्लेले चितवनमै उल्लेखनिय कार्य गर्न सफल भएको संघले बताएको छ ।
२०७९ सालमा भएको निर्वाचनमा काफ्ले भरतपुर–७ को वडा अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका थिए । उनी निर्माण व्यवसायी संघ चितवनको पूर्व अध्यक्ष एवम् वर्तमान सल्लाहकार समेत हुन् ।












