काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ट्रफी टुर आजबाट शुरु हुँदैछ।
आज विराटनगरबाट शुरु हुने ट्रफी टुर सुदूरपश्चिममा पुगेर टुंगिनेछ। ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्याइने छ।
दोस्रो संस्करणको एनपीएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ।












