चितवन । ओमोडा एण्ड जेइकू गाडीहरूको चितवनस्थित आधिकारिक डिलर युनाइटेड अटो कन्सर्नको प्रतिनिधित्वमा ओमोदा एण्ड जेइकूले चाडपर्वको अवसरमा चितवन मिड–टाउन रिसोर्ट, हाकिमचोकमा फेस्टिभ कार्निभल आयोजना गरेको छ । उक्त कार्निभल भाेलिसम्म चल्नेछ ।
यस कार्निभलमा ओमोडा एण्ड जेइकू गाडीहरूको टेस्ट ड्राइभ तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएको छ जसले चाडपर्वको उत्साहलाई थप विशेष बनाएको छ । सो अवसरमा नयाँ जेइकू J5 र आईकाउर V23 को स्निक पिक पनि गरिएको छ ।
नेपाली बजारमा प्रवेश गरेको करिब एक वर्षमै ओमोडा एण्ड जेइकू नेपालमा सबैभन्दा छिटो बढ्दै गरेको ब्रान्डमध्ये एक बनेको छ । अत्याधुनिक प्रविधि र सुरक्षा सुविधासहित उत्कृष्ट मूल्यमा उपलब्ध गराउँदै आएको यस ब्रान्डका ओमोडा e5 र जेइकू J6 पहिले नै नेपाली सडकमा देखिन थालिसकेका छन् र अटोमोबाइल प्रेमीहरूमा लोकप्रिय भइरहेका छन् । हालै सम्पन्न NAIMA Mobility Expo 2025 मा सार्वजनिक गरिएको नयाँ जेइकू J5 ले १८५ मिमि ग्राउण्ड क्लियरेन्स, सेग्मेन्ट लिडिङ प्यानोरामिक सनरुफ, १८ इन्चको अलोय स्पेयर टायर, ४६१ किमी ड्राइभिङ रेन्ज तथा ४८० लिटर बुट स्पेस जस्ता विशेषताहरू प्रदान गर्दछ ।
यसको मूल्य ६० लाख ९९ हजार भएपनि यस चाडपर्वमा विशेष अफरमा ५६ लाख ९९ हजार रूपैयाँमा उपलब्ध गराइने डिलर इन्चार्ज सविन पाण्डेले जानकारी दिए ।
त्यस्तै, नयाँ आईकाउर V23 ले २१० मिमि ग्राउण्ड क्लियरेन्स, ४०२ किमी ड्राइभिङ रेन्ज, १००-kW सिङ्गल मोटर RWD सेटअप, १८० Nm टर्क प्रदान गर्दछ । रेट्रो अफ–रोड DNA र आधुनिक इलेक्ट्रिफिकेशनको अनौठो संयोजनमार्फत V23 ले SUV डिजाइनमा नयाँ पहिचान ल्याउने विश्वास लिएको छ ।
“नारायणघाट हाम्रो लागि महत्वपूर्ण बजार हो । नयाँ जेइकू J5 को अनावरणसँगै हामी ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव दिने हाम्रो प्रतिबद्धता पुनः पुष्टि गरेका छौं,” युनाइटेड अटो कन्सर्न प्रालिका प्रबन्ध निर्देशक सन्जिव अधिकारीले बताए ।












